बैशाख १७, काठमाडौँ। काठमाडौँमा रहेको वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते भएका छन्।
वीर अस्पतालको पुरानो भवनको पर्खाल आज आइतबार मध्यान्ह साढे २ बजेतिर भत्किएको काठमाडौं प्रहरीका प्रवक्ता सीताराम रिजालले जानकारी दिएका छन।
उक्त पर्खाल भत्किँदा घाइते भएकाहरू सबै बिरामीका कुरूवाहरु रहेको प्रहरीले जनाएको छ।
प्रहरीका प्रवक्ता सीताराम रिजालले पर्खाल पुरानो भएको र पानी परिरहेकाले भत्किएको हुन सक्ने अनुमान गरेको बताएका छन।
- न्युज बहार संवाददाता