माघ २३, काठमाडौँ । नेकपा माओवादी केन्द्रकी
उर्मिला अर्याल राष्ट्रियसभा
उपाध्यक्षमा निर्विरोध
चयन भएकी छन्। उर्मिला
अर्यालको मात्रै उम्मेदवारी परेको भन्दै सोमबारको राष्ट्रिय सभाको बैठकमा
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको
घोषणा गरे ।
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालको
एक्लो
उम्मेदवारी परेको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने
निर्णय गरेपछि अर्याल निर्विरोध
निर्वाचित भएकी छन ।
विगत एक
वर्षदेखि शशिकला दाहालको तत्कालीन उपाध्यक्ष कार्यकाल सकिएपछि उपाध्यक्षको पद खाली
रहँदै आएको थियो ।