Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मोटरसाइकलको हेलमेट भित्र लुकाएको १८ लाख नगद सहित दुई भारतिय नागरिक पक्राउ।

रकमको स्रोत खुलाउन नसकेपछी पक्राउ

  •   ४ वर्ष अघि | २६ माघ २०७९, बिहिबार

माघ २६, काठमाडौँ । सशस्त्र प्रहरी बलले पर्साको वीरगन्जमा स्रोत नखुलेको १८ लाख रूपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ। 

बुधबार वीरगन्ज महानगरपालिका-१६ मा पर्ने वीरगन्ज-रक्सौल सडकक्षेत्रबाट दुई जनालाई नगदसहित पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिए।

भारतका २७ वर्षीय प्रसंजित कुमार र २६ वर्षीय राकेश कुमारलाई उक्त रूपैयाँसहित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट एसपी सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको कमाण्ड टोलीले पक्राउ गरेका हुन ।

प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख र राकेश कुमारको हेल्मेटभित्र लुकाएको ९ लाख नेपाली रूपैयाँ सहित सशस्त्र प्रहरी बलले बरामद गरेको छ। उनिहरु भारतीय नम्बर प्लेटका दुइटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका क्रममा प्रहरीले रोकेर सोधपुछ गर्दा बोकेको रकमको स्रोत खुलाउन नसकेपछी पक्राउ गरेको डिएसपी थापाले बताए।

यस्तै उनिहरुसँग प्रतिबन्धित ५ सय दरका चार थान भारतीय रूपैयाँ समेत फेला परेका थियो।

उनीहरूले उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ। 

थप