Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

त्रिशुली नदी बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु ।

  •   ३ वर्ष अघि | ६ भदौ २०८०, बुधबार

भदौ ६, काठमाडौँ। आज बिहान धादिङको गजुरी२ चालिसे भन्ने स्थानबाट यात्रु बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ भने आठ जना घाइते भएका छन् ।

प्रदेश ३०१००५ ख ९९५२ नम्बरको बस पोखराका लागी काठमाडौंबाट छुटेको थियो । उक्त बस आज बिहान करिब ११ बजेतिर  सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले दुर्घटनामा परी ६ पुरुष र २ महिला गरी ८ जनाको मृत्यु भएको जानकारी दिएका छन ।

घटनास्थलबाट १६ जनाको उद्धार गरिएकोमा ८ जनाको मृत्यु भएको र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी जयसवालले बताएका छन ।

अहिले घटनास्थलमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ । 

  • न्युज बहार संवाददाता

थप