फागुन
२४, काठमाडौं ।
आज ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा मात्र नभएर विश्वभर विविध कार्यक्रम
गरी मनाइँदैछ। आजको दिनलाई अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने गरिन्छ र यो दिवस
हरेक वर्ष अग्रेजी महिनाको मार्च ८ तारिखका दिन मनाउने प्रचलन छ।
क्लारा
जेट्किन नारी मुक्ति आन्दोलनकी अभियन्ता हुन। उनले सन् १९११ मार्च ८ मा महिला
कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस
मनाउन थालिएको हो।
नेपाल
सरकारले पनि नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ। ‘लैंगिक समानताको बलियो आधार :
सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मुल राष्ट्रिय नाराका साथ नेपालमा
यस वर्ष यो दिवस मनाइँदै छ।
नेपालमा
पनि नारी दिवसका अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु र दलका शीर्ष
नेताहरूले शुभकामना सन्देश व्यक्त गरिरहेका छन्।
- न्युज बहार संवाददाता