फागुन ९,
काठमाडौं । आज २१ फेब्रुअरीका दिन मनाइने अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न
कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी २१ मा यो दिवस मनाउने
गरीन्छ । “यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्” भन्ने नाराका साथ यो दिबस
मनाउने परम्परा सुरू भएको थियो ।
यूनेस्कोले
सन् १९९९ लाइ विशेष दिनको रुपको रुपमा स्वीकार गरे संगै संयुक्त राष्ट्रसङ्घ
महासभाले सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिनलाइ अन्तर्राष्ट्रिय मातृभाषा
दिवसको रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा
भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको
हो । नेपालमा बोलिने भाषाहरु १३१ वटा छन् ।