चैत
१२, काठमाडौँ। प्रहरीले अमेरिका लैजानको लागी नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ
गरेको छ।
उनीहरूलाई
आइतबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन।
यस
किसिमको ठगी आरोपमा सानु भट्टराई, केशव दुलाल र टेककुमार गुरूङ पक्राउ परेका छन्।
पिदडतहरुले
आफूहरूलाई ठगेको भन्दै कार्यालयमा जाहेरी दिएका थिए। जाहेरी परेपछि प्रहरीले
उनीहरूलाई पक्राउ गरेको हो।
करिव १३
करोड ६३ लाख ठगीको रुपैयाँ लिएर फरार भएपछि पीडितहरू प्रहरी कार्यालयमा पुगेका थिए।
एसपी राठौरले
यस घटनाबारे विस्तृत अनुसन्धानपछि मात्रै सबै कुरा खुल्ने बताएका छन।
- न्युज बहार संवाददाता