साउन ३०, काठमाडौँ । यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज मंगलबार राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।
यस वर्षको कक्षा १२ को परिक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये करिब ५१.९१ प्रतिशत मात्र उतीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाएका छन।
- न्युज बहार संवाददाता