फागुन ८,काठमाडौँ। यो वर्षको प्रतिक्षित फिल्म हो ‘छक्का पञ्जा ४’ अहिले यो फिल्मको ट्रेलरले युट्युव टेन्डिङको शीर्ष स्थान ओगटेको छ । ३ मिनेट २० सेकेन्डको ट्रेलर शुक्रबार साँझ सार्वजनिक भएको थियो । यस ट्रेलरले समाचार तयार गर्दासम्म १० लाख बढी भिउज पाइसकेको छ । यस ट्रेलरमा ४२ हजार बढी लाइक पनि छन ।
फागु पुर्णिमालाई लक्षीत गर्दै फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा पिताको राजनीतिक विरासत जोगाउन राजनीतिमा होमिएका एक युवक (राजा) पात्रको खराब स्वभाव र शैली चित्रण गरिएको छ । ट्रेलरमा सुधार गृहबाट निस्किएपछि राजा पात्रको राजनीतिक यात्रा र त्यसक्रममा आउने विभिन्न आरोह–अवरोह समेतलाई देखाइएको छ ।
हेमराज विसीले निर्देशन गरेको फिल्ममा नीर शाह, दिपकराज गिरि, निर्मल शर्मा, दिपा श्री निरौला,बुद्धि तामाङ, केदारप्रसाद घिमिरे (माग्ने बुढा) राज आचार्य, सुष्मा निरौला, बेनिशा हमाल, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको अभिनय छ ।