भदौ ५, काठमाडौँ । भक्तपुरको बाल सुधार गृहबाट भागेका बालकहरुको
खोजी भइरहेको छ । बाल सुधार गृहबाट हिजो तोडफोड गरेर भागेका १२ जना बालकको खोजी
कार्य भइरहेको हो।
प्रहरीले
सोमबार बाल सुधार गृह तोडफोड गरेर भागेका २४३ बालकलाई पक्राउ गरिसकेको छ भने बाँकी
१२ जनालाई मंगलबार पनि प्रहरीले खोजिरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका
डिएसपी बसन्त पाठकले जानकारी दिएका छन ।
उक्त बाल
सुधार गृहमा ४३ बालिका र २५५ बालक गरी २९८ जना छन्।
प्रहरीले भागेका बालकहरूलाई सोमबार भक्तपुर र काठमाडौँको विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको बताएको छ।
- न्युज बहार संवाददाता