Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

प्रहरीद्वारा ग्रीनक्रस अस्पतालबाट हराएको नवशिशुको उद्धार, डा. ले बिक्री गरेको खुलासा ।

  •   ३ वर्ष अघि | ५ भदौ २०८०, मङ्लबार

भदौ ५, विराटनगर । प्रहरीले एक नवशिशुलाई बिक्री गरेको अवस्थामा उद्धार गरेको छ । विराटनगरमा रहेको ग्रीनक्रस अस्पतालबाट हराएको नवशिशुलाई प्रहरीले बिक्री गरेको अवस्थामा उद्धार गरेको हो । मंगलबार मोरङको कटहरी गाउँपालिका२ बाट प्रहरीले शिशुको उद्धार गरेको हो, शिशुको अवस्था सामान्य रहेको जानकारी दिएको छ।

अस्पतालका चिकित्सक डा. तपेश्वरलाल कर्ण र अर्का एक युवकलाई शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धान अनुसार शिशुलाई डा. कर्णकै संलग्नतामा बिक्री गरीएको देखिएको छ ।

मोरङ प्रहरीका डिएसपी रञ्जन दाहालले भने हामीले शिशु फेला पारेका छौँ, पक्राउ परेका चिकित्सक तपेश्वरलाल कर्णले मोरङ कटहरीका एक निःसन्तान दम्पतीलाई दिएको खुलेको छ। कति पैसा लिएर दिएको भन्ने खुल्न बाँकी रहेको छ।’ 

  • न्युज बहार संवाददाता

थप