Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

महानगर प्रहरी बलले दियो स्पष्टिकरण ।

हामी मानवीयताको सहर बनाउन चाहान्छौँ ।

  •   ४ वर्ष अघि | १८ माघ २०७९, बुधबार


माघ १८, काठमाडौँ । केहि समय अगाडी सामाजिक सञ्जालमा एउटा तस्विर पोष्ट भयो जसमा काठमाडौँ नगरपालिकाको गाडिमा एउटा अपाङ्गता भएका व्यक्तिलाई महानगरले पक्राउ गरी राखेको देख्न सकिन्थ्यो । यो तस्विर सामाजिक सञ्जालमा पोष्ट भएपछी सबैले महानगरले ज्याजती गरेको भनि आरोप लगाउन थालेका छन । कतिले त महानगर प्रमुख मेयर बालेन्द्र शाहा ‘बालेन’ले आतंक मच्चाएको भनि भनिरहेका छन ।

यसै विषयमा काठमाडौं महानगर प्रहरी बलले स्पष्टीकरण दिएको छ । चौतर्फी आलोचना पछी काठमाडौं महानगर प्रहरी बलले यस्तो स्पष्टीकरण दिएको छ –“ हामिले उक्त अपाङ्गता भएका व्यक्तीलाई सहयोगको आवश्यकता रहेको देखेर मानव सेवा आश्रममा लैजानका लागि गाडीमा राखेका हौँ” महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे बताउँछन “उनी सडकमा चुरोट तथा गुट्खालगायतका वस्तु बिक्री गरिरहेका थिए, सडकमा भएका सहयोगापेक्षीहरूलाई उद्धार गरेर हामीले मानव सेवा आश्रममा बसोबास प्रबन्ध गर्ने गरेका छौं।

स्वास्थ्योपचार गरिदिने र सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गराउने काम गरिरहेका छौं। उक्त व्यक्तीलाई महानगर प्रहरी बलको गाडीमा राख्नुको उद्देश्य पनि त्यही हो”। यस विषयलाई मानवीयतासँग जोडेर प्रचार भएको देखियो।  

यस्तो प्रचार एकदम गलत हो। हामी मानवीयताको सहर बनाउने अभियान अन्तर्गत सडक सहयोगापेक्षीहरूको व्यवस्थापन गरिरहेका छौं। कार्कीलाई गाडीमा राख्नुको कारण यही कार्यक्रमको निरन्तरता हो।’

थप