Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सोती घटना प्रकरणमा आज पनि सुनवाइ जारी, बुधबार साँझसम्म फैसला आउन सक्ने

  •   ३ वर्ष अघि | १८ मंसिर २०८०, सोमवार

मंसिर १८, काठमाडौँ । रुकुम जिल्ला अदालतमा सोमबार पनि रुकुम पश्चिमको सोती घटना प्रकरणमा सुनुवाइ जारी रहेको छ । हिजो आइतबारलाइ हेर्दाहेर्दैमा रहेको मुद्दामा आज सोमबार पनि सुनवाइ जारी रहेको हो । 

हिजो आइतबार वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरूले बहस गरेका थिए । धेरै प्रतिवादी रहेको कारण आइतबार सरकारी वकिलको तर्फबाट बहस नसकिएको र सोमबार खाजा समय अगाडिसम्म सरकारी वकिलको तर्फबाट बहस सकाउने तयारी रहेको रुकुम जिल्ला अदालतका श्रेष्तेदार मन्दिरा शाहीले जानकारी दिएकी छन ।

श्रेष्तेदार मन्दिरा शाहीका अनुसार सोमबार खाजा समयपछि र मंगलबार प्रतिवादीतर्फका वकिलहरूको बहस सकिएमा बुधबार खाजा समय अगाडि वादीका तर्फबाट जवाफी बहस गर्ने तयारी रहेको र जवाफी बहस सकिएमा बुधबार साँझसम्म फैसला आउन सक्नेछ । 

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा २०७७ जेठ १० गते ६ जना किशोर तथा युवाको हत्या भएको थियो । जाजरकोटबाट प्रेमिका लिन भनी रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा ३४ जनाविरुद्ध नेपाल सरकारले मुद्दा चलाएको थियो । 

  • न्युज बहार संवाददाता

थप