माघ २४, काठमाडौँ। टर्कीमा सोमबार बिहान गएको ७ दशमलब ८
म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । उक्त भुकम्पमा परी ठूलो संख्यामा
जनधनको क्षति भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार टर्की र सिरियामा गरी भूकम्पका कारण मृत्यु हुनेको संख्या ४३ सय नाघेको छ । टर्कीमा हालसम्म कम्तिमा २ हजार ९२१ जनाको मृत्यु हुनुका साथै १३ हजार २९३ घाइते भएको अनादोलु समाचार एजेन्सीका बताएको छ र त्याहाँ पाँच हजार छ सय भन्दा बढी भवनहरू ध्वस्त भएका छन्।मृतकको संख्या अझै बढ्न सक्ने भन्दै उनले उद्धार र राहतलाई तिब्रता दिइरहेको राष्ट्रपति रेसेप तैयप एर्दोगान बताएका छन ।
टर्कीमा गएको उक्त भूकम्पका कारण छिमेकी मुलुक सिरियामा पनि
ठूलो संख्यामा मानवीय क्षति भएको छ ।