असोज २४, काठमाडौँ । काठमाडौँ उपत्यकाको नयाँ बानेश्वर स्थित बागमती नदीको किनारमा एक युवकको शव फेला परेको छ ।
नदी किनारको झाडीमा भेटिएको शव बुद्धनगर बस्ने २० वर्षीय विमल महराको रहेको प्रहरीले जनाएको छ ।
यस घटना अहिले प्रहरी वृत्त बानेश्वरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले घटनास्थलमा रगत र सिरिन्ज भेटिएको बताएका छन ।
- न्युज बहार संवाददाता