Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आइतबार विराटनगरमा भएको प्रदर्शनमा दुई जना प्रहरीसहित केही प्रदर्शनकारी घाइते।

प्रदेशको नाम ‘कोशी’ राखिएकोमा विरोध।

  •   ४ वर्ष अघि | ५ चैत्र २०७९, आइतवार

चैत ५, विराटनगर । आइतबार विराटनगरमा भएको प्रदर्शनमा दुई जना प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन। प्रदेशको नाम ‘कोशी’ राखिएको विरोध प्रदर्शनमा प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका मोरङ प्रहरी प्रमुख दिपक पोखरेलले जानकारी दिएका छन् ।

निषेधित क्षेत्र तोडेर उक्त क्षेत्रमै प्रदर्शनकारीहरुले नाराबाजी गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्याँस र हवाई फायर समेत गरेको हो। 

प्रहरीको बल प्रदर्शनको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजीसमेत गरेका थिए। उनीहरुले प्रहरीमाथिसमेत ढुंगामुढा गरेका प्रदर्शनकारीलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो।

  • न्युज बहार संवाददाता

थप