फागुन २८, सिन्धुलि । सिन्धुलिमा बस र्घटना हुदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
मृत्यु हुनेहरुमा दुई महिला, तीन पुरुष,र एक बालिका रहेका छन्।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले उनिहरु सबैको घटना स्थलमा नै मृत्यु भएको बताएका छन ।
आज सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका हुन।
बा २ ख ६५९६ नम्बरको बस ओखलढुङगाबाट काठमाडौँतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। मृतहरुको पहिचान खुल्न सकेको छैन।
- न्युज बहार संवाददाता