चैत
१९, काठमाडौँ। आज बल्खुमा एक ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
जिल्ला
प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले आइतबार दिउँसो साढे १२ बजेको समयमा
बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको जानकारी दिएका
छन।
अर्घाखाँची
छत्रदेव गाउँपालिका-५ स्थायी ठेगाना भएका र हाल चन्द्रागिरि नगरपालिका-१२ सतुंगल
बस्ने ३८ वर्षीय भूपति
पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उनी
पेशाले शाखा अधिकृत हुन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थल स्थित अध्यागमन विभागको कार्यालयमा कार्यरत थिए।
डिएसपी भट्टले ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते
भएका पाण्डेलाई नजिकैको वयोधा अस्पतालमा लगेको र अस्पतालमा
पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको बताएका छन।
- न्युज बहार संवाददाता