पुस १३, काठमाडौँ
। सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको
छ । क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गर्दै सजायको आदेश
दिएको हो ।
घटना भएको
भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौँ इनको एउटै कोठामा बसेको विषयमा कुनै
विवाद नभएको ठहर जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज
ढकालको इजलासले गरेको छ ।
सन्दीपले
आफूलाई एउटै कोठामा बसेको बेला जबरजस्ती करणी गरेको गौशला २६ को दाबी रहेको भन्दै
अदालतले भनेको छ, ‘गौशला २६
तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको समेत घटनाक्रम
समेतलाई विचार गर्दा करणी भएको देखिएको छ ।’
३
वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ
गर्नुपर्ने भएकाले सन्दीपलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । पुस
२५ गते न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको जरिवाना क्षतिपूर्ति
र कैद निर्धारण गर्नेछ ।
- न्युज बहार संवाददाता