Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पाकेको रुख कटहरको सिजन, के के छन रुख कटहर खानुको फाइदाहरु?

  •   २ वर्ष अघि | १४ साउन २०८१, सोमवार

साउन १४, काठमाडौँ । अहिले साउन महिना चलिरहँदा बजार भरी पाकेको रुख कटहर देख्न सकिन्छ अहिले रुख कटहर पाक्ने सिजन सुरु भएको छ । रूख कटहर खाने मुख्य समय भनेको असारदेखि साउनसम्म हो।

अहिले काठमाडौँ लगायतका फलफुल पसलमा रुख कटहर देख्न बेच्न राखिएको देख्न सकिन्छ ।

रुख कटहर एक पोषण युक्त फल हो जसको सेवनले हामीलाई बहुगुणी फाइदा दिन्छ । पाकेको रुख कटहरको फल र दाना दुबै खान योग्य हुन्छ । यसको फल र दाना दुबैमा प्रशस्त भिटामिनको मात्रा पाइन्छ।

रुख केटहरमा भिटामिन सि, बि, पोटासियम, फोलिक एसिड, फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट लगायतका पोषण तत्व पाइन्छ ।

यस फलमा पाइने पोटासियम, फाइबर र एन्टिअक्सिडेन्टले हाम्रो शरिरमा भएको कोलेस्ट्रोललाई घटाउन मद्दत गर्छ । यसले मुट स्वास्थ्यलाई फाइदा मिल्छ । यस फलको सेवनले कब्जियत भएकालाई पाचन प्रक्रियामा पनि सहजीकरण गर्न मद्दत गर्छ ।

यस फलमा पोटासियम र मिनरल्स हुने भएकाले केही हद सम्म मधुमेह घटाउन यसको ठूलो महत्त्व हुन्छ भने यसमा भरपुर मात्रामा क्याल्सियम पनि हुन्छ जसले हाडजोर्नी बलियो बनाउँदछ।

कटहरमा एकदमै कम मात्रामा चिल्लो पदार्थ हुन्छ जसले अनआवश्यक तौल बढाउने डर हुँदैन । एक स्वस्थ व्यक्तीले एक पटकमा १५० ग्राम कटहरको सेवन गर्न सक्छ तर यो फल किड्नीका बिरामीले भने एकै पटक धेरै खान हुँदैन ।

कटहरको फल भित्र हुने दानालाई हामी भुटेर, तरकारी बनाएर वा पिसेर अचार बनाएर पनि खान सक्छौँ । 

  • सृजना प्याकुरेल

थप