बैशाख
५, काठमाडौँ। रास्वपाका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापा (शम्भु)लाई
थप उपचारका लागि आज काठमाडौं ल्याइएको छ।
सोमबार बिहान आफै सुतेको घरको छतबाट तल खसेको अवस्थामा भेटिएका थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो।
सामाजिक सञ्जालमा रवि लामिछानेले दिएको जानकारीअनुसार भरतपुरका चिकित्सकको सल्लाहमा उनलाई काठमाडौं ल्याइएको हो।
- न्युज बहार संवाददाता