Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रास्वपाका सभापति लमिछानेले चितवमा सुरु गरे महिलाहरुको लागी निशुल्क ‘ब्लुबस’ ।

  •   ३ वर्ष अघि | १७ साउन २०८०, बुधबार

साउन १७, चितवन । सङ्घीय सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ब्लुबससञ्चालनमा ल्याएका छन ।

आज उनले सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा ब्लु बस सञ्चालनमा ल्याएका हुन । यस ब्लु बस सय्चालनले जिल्लावासी महिलालाई सहज हुने विश्वास उनले व्यक्त गरेका छन ।

उनले भने मलाई थाहा छ बस सञ्चालन सङ्घीय सांसदको काम हुँदै होइन, क्षेत्राधिकार पनि होइन, तर जनप्रतिनिधि र नीतिनिर्माताले  सार्वजनिक यातायात कस्तो हुनुपर्दछ भन्ने सपना देख्नुपर्छ । अझ सार्वजनिक सवारीमा महिलाहरूको सुरक्षा र प्राथमिकता कस्तो हुनुपर्दछ भन्ने देख्नुपर्छ र देखाउनु पनि पर्छ ।

आजबाट एउटा बसबाट सुरुआत गरेर भविष्यमा माग र उपयोगअनुसार स्थानीय सरकारसँग समन्वय गरी बस सङ्ख्या थप्ने सभापति लामिछानेले बताए । उनका अनुसार यस बसमा निशुल्क यात्रा गर्नका लागी चितवनका पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड उपलब्ध गराइनेछ । सोही कार्डको माध्यमबाट महिलाहरुले बसमा निशुल्क यत्रा गर्न पाउने छन । ब्लु बसमा महिलाहरुको लागी सेनेटरी प्याडको पनि व्यवस्था गरिएको छ। 

  • न्युज बहार संवाददाता

थप