असार २४, काठमाडौँ । गएराती चीनतर्फबाट आएको ठुलो बाढीका कारण अहिले नेपाल र चीनको सम्पर्क टुटेको छ । नेपाल–चीन जोड्ने प्रमुख नाका रसुवागढीको मितेरी पुल गएराती रसुवागढीमा आएको बाढीले बगाएको छ । मितेरी पुल बगाएपछी चिन र नेपालको मुख्य नाका अहिले सम्पर्क बिहिन भएको हो ।
उक्त बाढीले
नेपालतर्फको चीनको प्रशासनिक र भन्सार कार्यालय भवनअगाडि ठुलो क्षति पुर्याएको छ
। क्षतीका
कारण सवारीसाधन तथा मानिसहरूको आवतजावत पूर्ण रूपमा बन्द भएको छ । बाढीले रसुवा जिल्लाको
गोसाइकुण्ड गाउँपालिका–२
टिमुरेमा रहेको ईभी चार्जिङ स्टेसन सहित निर्माणाधीन सुक्खा बन्दरगाह र रसुवागढी
हाइड्रोपावरको ड्याममा समेत क्षति पुर्याएको जानकारी प्राप्त भएको छ ।
बाढीले
रसुवागढी नाकामा भौतिक संरचनासँगै अर्बौँको व्यावसायिक लगानी डुबाएको आकलन गरिएको छ
। व्यवसायीहरूका अनुसार दसैँ लक्षित चीनबाट आयात गरेका तयारी कपडा, ईभी गाडी, फलफूल, जुत्ताचप्पल
लगायतका
सामान बोकेका कन्टेनरहरू बगाउँदा अर्बौँको नोक्सानी भएको छ ।
बाढीले
चीनबाट आयात भएका ईभीका सवारी साधन र सामान बोक्ने कन्टेनरहरू बगाएको छ भने उक्त
घटनामा हालसम्म ५० जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
बाढीले
करिब ३५ वटा गाडी र एक सयभन्दा बढी ईभी सवारी साधन बगाएको जानकारी नेपाल सीमापार
हिमालय वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताएका छन ।
- न्युज बहार संवाददाता