असार २१, काठमाडौँ । काठमाडौँ ठमेलस्थित नाइट क्लब एलओडीका सञ्चालक राजु सिंह सुवाल उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा पक्राउ परेका छन् ।
एलओडी क्लबमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक सुवाललाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो । ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता