चैत २७, काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–३० स्थित डिल्लीबजारमा सञ्चालित फ्रेन्ज कन्सल्टेन्सीमा छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले कन्सल्टेन्सीको आवरणका ‘किर्ते’ काम भइरहेको सुराकको आधारमा छापा मारेर चार जनालाई पक्राउ गरिएको बताएका छन ।
प्रहरिले छापा मार्दा पक्राउ पर्नेमा दाङको तुलसीपुर घर भएका सन्दीप डाँगी, चितवनको राप्ती नगरपलिका–३ घर भएका ३३ वर्षीय निराजन उप्रेती, चितवनकै भरतपुर महानगरपालिका–१० घर भएका उत्सव सुवेदी र २८ वर्षका निरज उप्रेती रहेका छन् ।
प्रहरीले फ्रेन्ज कन्सल्टेन्सीबाट सरकारको छाप लगाएका कागजातहरु, विभिन्न सरकारी कार्यालयका ६ थान छाप र कम्यूटर बरामद गरेको छ ।
एसएसपी कार्कीले बैंकले जारी गर्ने कागजात, मालपोत, भूमि व्यवस्था सहरकारी तथा गरिबी निवारण मन्त्रालयको छाप र त्रिवि शिक्षण अस्पतालको छाप पनि बरामद गरिएको जानकारी दिएका छन ।
प्रहरीले पक्राउ गरेका आरोपीहरुविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।
- न्युज बहार संवाददाता