असार २६,
काठमाडौँ । संसद भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ परेका छन। काठमाडौँको नयाँ
बानेश्वर स्थित सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले आज ५ जनालाई
पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार बानेश्वर
स्थित टेकस्पायर कलेजका प्राध्यापक सहित ५ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ
पर्ने ५ जनामा कलेजका प्राध्यापक विजय बाबु रेग्मी, टेकस्पायर कलेजका विद्यार्थीहरू
सुजल काजी श्रेष्ठ, समन
महर्जन, अफ्ताव
रेजा र समिप खतिवडा रहेका छन् ।
संसद्
भवनमा असार २४ गते बिहान साढे ९ बजेतिर खसेको अवस्थामा ड्रोन भेटिएको थियो ।
- न्युज बहार संवाददाता