फागुन १८, काठमाडौं । नेपालका लागि भारतीय राजदूत
नवीन श्रीवास्तव र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री
नारायणकाजी श्रेष्ठसहितको टोलीले आज भक्तपुरको कमलविनायक देखी नगरकोट सडकखण्ड स्थलगत
अनुगमन गरेका छन् ।
अनुगमन
टोलीमा सडक विभागका डिजी, भौतिक
पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि
र सम्बन्धित आयोजना प्रमुखसमेत समावेश थिए।
स्थलगत अनुगमन टोलीमा यो सडक आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेकाले राजदूत श्रीवास्तव पनि सहभागी भएका हुन् ।
सडकको स्थलगत अनुगमन कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर गरिने
उपप्रधानमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिएका छन । कमलविनायक-नगरकोट
सडकखण्डको सडक निर्माण कार्य शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ भने पटक-पटक
म्याद थप्दा पनि काम सम्पन्न हुन सेकको छैन त्यसैले यो रुग्ण आयोजनामा परेको हो ।
निर्माणमा भएको लाचारी र ढिलासुस्तीबाट जनताले वर्षौंदेखि सास्ती पाइरहेका छन् । निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म सबै काम सम्पन्न गर्ने बाचा उपप्रधानमन्त्री श्रेष्ठले स्पष्टीकरण माग्दा गरेको थियो । त्यसैको प्रगतिबारे स्थलगत जानकारी लिनको लागी अनुगमन गरिएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनकारी दिएको छ ।
- न्युज बहार संवाददाता