Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

निरा आचार्य हत्याका आरोपी झापाबाट पक्राउ ।

  •   ४ वर्ष अघि | १७ बैशाख २०८०, आइतवार

बैशाख १७, काठमाडौँ। कपनमा एक साता अघि दिनदहाडै भएको निरा आचार्यको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

विनोद बिकलाई झापाबाट निराको हत्या आरोपमा पक्राउ गरिएको  प्रहरी उच्च स्रोतले जनाएको छ।

विनोदलाई केही दिनअघि नै पक्राउ गरी सोधपुछ गरिरहेको घटना अनुसन्धानमा संलग्न अर्का एक प्रहरी अधिकारीले बताएका छन्।

काठमाडौंको कपन, सरस्वतीनगरमा निरु किचेन नामको भाँडा पसल चलाउँदै आएकी निराको वैशाख ७ गते दिउँसो पसलमै भएका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

यस घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति बनेको छ र घटना बारे अनुसन्धान भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप