साउन २२, काठमाडौँ । भदौको दोस्रो
हप्तादेखि आन्दोलन गर्ने नेपाल शिक्षक महासंघले जनाएको छ ।
महासंघका
अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बिहीबार बसेको महासंघको बैठकले यस्तो निर्णय
गरेको हो ।
सरकारलाई विद्यालय शिक्षा ऐन
जारी गर्न दिएको समय सीमा आज सकिएको र समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आन्दोलनमा
जाने निर्णय गरेको अध्यक्ष सुवेदीले जनाएका छन ।
- न्युज बहार संवाददाता