Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रुस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव स्वदेश पठाउन नेपालले गर्यो अनुरोध

  •   ३ वर्ष अघि | १८ मंसिर २०८०, सोमवार

मंसिर १८, काठमाडौँ । रुस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव स्वदेश पठाउन रुस सरकारसँग नेपालले अनुरोध गरेको छ ।

मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गर्दै सोमबार परराष्ट्र मन्त्रालयले  विज्ञप्ति जारी गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘नेपाल सरकारले रुसी सरकारलाई निजहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ’ उल्लेख गरिएको छ ।

मन्त्रालयले यसअघि रुसी सेनामा हालसम्म चार जना नेपालीको भर्ती भएर मृत्यु भएको सार्वजनिक भएको भएपनि आज सोमबार ६ जना नेपालीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

  • न्युज बहार संवाददाता

थप