साउन २३, चितवन । पहिरोका कारण अबरोध भएको नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाउने काम गरेपछी सडक एकतर्फी सञ्चालनमा आएको हो ।
आज बिहान कालिखोला र टोपेखोलामा पनि पहिरो जाँदा सडक अबरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जानकारी दिएका हुन ।
- न्युज बहार संवाददाता