Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साना ठुला पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

  •   ३ वर्ष अघि | २३ साउन २०८०, मङ्लबार

साउन २३, काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । नारायणगढ-मुग्लिन सडकखण्ड लगातारको वर्षाका कारण आएको पहिरोले अवरुद्ध भएको हो ।

नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँ इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत अन्य स्थानमा खसेको पहिरोका कारण बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो खसेपछी बिहानैदेखि पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप