फागुन
१०, काठमाडौँ । कमेडी शो ‘मुन्द्रेको
कमेडी क्लब’ हास्य कलाकार जितु नेपालको कमेडीमा आधारीत शो हो । उक्त शो
अब चैत २ गतेबाट प्रसारणमा आउने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंगलबार
जितु नेपालले ‘मुन्द्रेको
कमेडी क्लब’ चैत २ गतेबाट
नेपाल टेलिभिजनबाट नभइ कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउने जानकारी दिएका छन ।
जितु
नेपालको यो शोको नयाँ सिजनमा प्रियङ्का कार्की अध्यक्ष रहनेछिन् । यस्तै कलाकारमा श्याम
राना, दमन रुपाखेती, दिनेश काफ्ले, प्रभात लामा, राजेन्द्र नेपाली ‘लट्टे’, र एलिना बास्कोटा ‘सान्नानी’ रहनेछन् । सुमन गिरी संयोजक
रहने शोको निर्देशक दिनेश डिसी हुने जानकारी जितुले पत्रकार सम्मेलनमा दिएका छन।