Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बागलुङमा पहिरोले दुई घर भत्कियो, दर्जन बढी जोखिममा ।

  •   ३ वर्ष अघि | ९ भदौ २०८०, शनिबार

भदौ ९, काठमाडौँ । बागलुङमा भारी वर्षाका कारण दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन्।

जिल्लाको बागलुङ नगरपालिका–६ सिमका उपल्लोबारीका करिब १२ घर र मैदानका १२ घर पहिरोको जोखिममा परेका हुन्। यता मैदानका दुई परिवार वर्षाको कारण पहिरोले घर भत्किँदा पूर्णरुपमा विस्थापित भएका छन् ।

बागलुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले वर्षाले घर भत्किँदा नारायणप्रसाद सापकोटा र स्थानीय जमुना आचार्यको परिवार विस्थापित भएको बताए।

घर भत्किएपछि दुबै परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन भने घर पुर्ण रुपमा क्षती भएको छ ।

  • न्युज बहार संवाददाता

थप