चैत
१० काठमाडौँ। कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात भएको र ईनबक्समा
आफ्नो नग्न तस्विरहरु आउन थालेको भन्दै आफ्नो मन दुखेको बताएकी छिन्।
कुञ्जनाले
आज फेसबुक पोस्ट गर्दै लेखेकी छिन्, ‘अबको हरेक वार्ता खुलेआम बरु रङ्गशाला
मैदानमा गरियोस् नाकी बन्द कोठामा । मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन
सुरुवात भएको छ । विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ ।’ उनले अगाडि लेखेकी छिन ‘म पनि मान्छे हुँ, धेरै मन दुखेको छ
राज्य र राष्ट्रसँग।’
उनले आफ्नो श्रिमान धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन् ।
उनले अन्तिममा लेखेकी छिन् ‘अब सुन्ने र सहने शक्ति छैन ममा । कि मलाई सफाइ देऊ कि सजाय, तर जे गर्छौ छिटो गर।’
अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा अनियमितता गरेको भन्दै धुर्मुस–सुन्तली सर्वत्र विरोधको केन्द्रमा रहेका छन् ।
- न्युज बहार संवाददाता