असार २८, काठमाडौँ। ककनी गाउँपालिकाले फोहोर बोकेर आएका टिपरसँग प्रवेश शुल्क लिने निर्णय गरेको छ। उक्त निर्णय पछी काठमाडौँवासीले फोहोर उठाउने कम्पनिलाई थप पैसा तिर्नुपर्ने भएको छ।
काठमाडौंबाट
फोहोर बोकेर आएका टिपरबाट नुवाकोटको ककनी गाउँपालिकाले १५ सय रुपैयाँसम्म प्रवेश
शुल्क उठाउने गरी केही दिनअघी मात्र आर्थिक विधेयक पारित गरेको थियो।
उक्त
विधेयक पारित भएसँगै काठमाडौँमा फोहोर उठाउने कम्पनिहरुले २० देखि २५
प्रतिशतसम्म शुल्क बढाउन लागेका छन।
साना प्रतिगाडी एक हजार रुपैयाँ र ठूला प्रतिगाडी १५ सय रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गत असार १९ गते पारित आर्थिक विधेयकमा गरिएको छ।
ककनी गाउँपालिकाको यस निर्णयमा काठमाडौँ महानगरपालिका पनि सकारात्मक देखिएको छ। यसै विषयमा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भन्छन ‘त्यहाँको विकास-निर्माणका बारेमा सोचेर ककनी गाउँपालिकाले शुल्क लिने निर्णय लिएको रूपमा बुझेका छौँ, यो निर्णयमा हामी सकारात्मक नै छौँ, विवाद गरिरहनुभन्दा शुल्क लिएर फाल्न दिन्छौँ भन्नु ठीक हो। यसमा आपत्ति जनाउनुपर्ने ठाउँ देखेका छैनौं।’
- न्युज बहार संवाददाता