कार्तिक ५, पाल्पा । पाल्पा जिल्लाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोला खसेर दुर्घटना भएको छ भने दुर्घटनामा परि ६ जनाको मृत्यु समेत भएको छ ।
जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोला खसेको हो । दुर्गटनामा एक जना घाइते भएका छन् । पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले घाइते हुनेमा जीपका चालक भएको जानकारी दिएका छन ।
अहिले सशस्त्र प्रहरी, जिल्लाबाट गएको प्रहरी, अस्थायी प्रहरी चौकी रानीघाटका साथै र नेपाली सेनाको टोली उद्दारका लागी खटिएको छ । अफ्ट्यारो खोचमा दुर्घटना भएकाले उद्दारमा कठिनाइ भइरहेको उद्दारका लागी खटिएका प्रहरीले बताएका छन छ ।
- न्युज बहार संवाददाता