बैशाख १२, काठमाडौँ। बैशाख १२ २०७२ सालको भूकम्पको आज आठ वर्ष पूरा भएको छ ।
बैशाख १२ गते शनिबारका दिन बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको आज आठ वर्ष पुरा भएको हो ।
राष्ट्रिय योजना आयोगले सङ्कलन गरेको तथ्याङ्क अनुसार उक्त भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए। उक्त भुकम्पमा परि २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए । २०७२ सालको बैशाख १२ गतेको भूकम्पले ३५ लाख मानिसहरूलाई घरबारविहीन बनाएको थियो ।
- न्युज बहार संवाददाता