Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

गत आर्थिक वर्ष २०७९-८० मा चितवनमा मात्र ४०६६४ सवारीसाधनका चालक परे कारबाहीमा।

  •   ३ वर्ष अघि | १९ साउन २०८०, शुक्रबार

साउन १९, चितवन । ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई गत आर्थिक वर्ष २०७९-८० मा कारबाही गरिएको छ । रु तीन करोड ४५ लाख ३८ हजार  राजस्व चालकलाई कारबाही गर्नेक्रममा सङ्कलन भएको छ ।

कारबाहीमा पर्नेहरुले क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, तीव्रगतिमा सवारी चलाउने र निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने लगायत ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको  पाइएको हो । 

कारबाहीमा पर्नेमा सबै भन्दा धेरै मोटरसाइकल तथा स्कुटर चालक १३१०७, जीप तथा कारका चालक ७७१२, ट्रक तथा टिपरका चालक ७०७५, बस तथा माइक्रोबसका चालक ४१९४, ट्र्याक्टर चालक १६०९, र टेम्पो तथा अटोरिक्सालगायत सवारीसाधनका चालक ६९६७ रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिएका छन । 

  • न्युज बहार संवाददाता

थप