Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा डा. सुजन ढकाल र उनका बुबा विरुद्ध जाहेरी दर्ता।

  •   ४ वर्ष अघि | १९ बैशाख २०८०, मङ्लबार

बैशाख १९, काठमाडौँ। स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा नयाँ मोड आएको छ। काठमाडौंको वीर अस्पतालमा कार्यरत नर्स अनुमाको मृत्यु केसमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा. सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ।

अनुमाका बुबा गजेन्द्र श्रेष्ठले प्रहरी वृत्त बालाजुमा उनीहरूविरुद्ध जाहेरी दर्ता गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिएका छन।

जाहेरी दर्तापछि सोमबार सार्वजनिक बिदा परेकाले पक्राउको अनुमति लिन नपाइएको र मङ्गलबार अदालतबाट पक्राउ अनुमति लिइने प्रहरीले जनाएको छ।

अनुमा श्रेष्ठ यही शनिबार अपराह्न डा. ढकालको घरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनले एउटा डायरीमा लेखिएको सुसाईट नोटमा डा. ढकालले विवाह गर्न नमानेको र उनको परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभई सुसाईट गरेको भनी उल्लेख गरेको बताइएको छ।

  • न्युज बहार संवाददाता

थप