Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

झाडीबाट टिपेर ल्याएको वस्तु पडकिदा २ बालक घाइते ।

घाइते बालकहरुको अवस्था सामान्य रहेको जानकारी ।

  •   ४ वर्ष अघि | १० फाल्गुन २०७९, बुधबार

फागुन १०, पोखरा । हिजो पोखरामा विष्फोटक पदार्थ पड्किँदा २ बालक घाइते भएको पाइएको छ । घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेको खुलेको छ । घटना हिजो मंगलबार नै भएको भए पनि आज बुधबार मात्र सार्वजनिक भएको जानकारी प्रप्त भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घाइते बालकहरुको अहिले उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

ज्ञानबहादुर खड्काका अनुसार पोखरा ३३ ठूल्ढुंगामा मंगलबार दिउँसो घर नजिकैको झाडीबाट टिपेर ल्याएको वस्तु खेलाउने क्रममा विस्फोट भएको हो । ‘घाइते बालकहरुको अवस्था सामान्य नै छ । दुईमध्ये एउटाको राति नै अपरेसन भएको छ, भने अर्को एकजनाको आज हुन्छ,’ खड्काका भने ।

विस्फोटक पदार्थ कहाँ र कस्तो अवस्थामा थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

थप