माघ २२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटि निराश भएर फर्केका छन् । उक्त भेटमा प्रधानमन्त्री दाहालले रविलाई अहिले केही पनि दिन नसक्ने बताए पछी रवि लामिछाने निराश भएका हुन ।
गृह मन्त्रालय आफुलाई दिन अडान राखीरहेका रविलाई प्रधानमन्त्री प्रचण्डले अहिले मन्त्री नै बनाउन नसक्ने जवाफ दिएका निकट स्रोतले बताएको छ ।
नागरिकता मुद्दा पार लागेको भएपनि राहदानीको विवाद बाँकि रहेकोले अहिले कुनै पद वा मन्त्रालय दिन नसक्ने कुरा प्रचण्डले व्यक्त गरेका प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री दाहालले एक पटक गृहबाहेक अर्को मन्त्रालयका विषयमा पनि सोच्न रविलाई भनेका थिए तर प्रचण्डले मन्त्री नै बनाउन नसक्ने बताएपछि बाहिरिएको स्रोतको भनाइ छ ।
अहिले राष्ट्रिय स्वतन्त्र
पार्टीको केन्द्रीय
समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धारामा बसीरहेको छ ।