जेठ
२६, ललितपुर। ललितपुरको गोदावरीमा डढेलो लागको छ। ललितपुर जिल्लाको गोदावरी नगरपालिका
४ स्थित गुरूङे
डाँडामा डढेलो लागेको हो। डढेलो बिहीबार राति करिब ८ बजेदेखि सुरु भएको हो।
डढेलो लागेपछी
स्थानीयवासीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
दमकल जान नसक्ने ठाउँमा डढेलो लागेको र खबर पाएलगतै प्रहरी प्रभाग बाडेगाउँबाट प्रहरीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीका जानकारी दिएका छन।
- न्युज बहार संवाददाता