कार्तिक १९, धनगढी । डोटीमा जिप दुर्घटना भएको छ। जिप दुर्घटनामा परी पाँच जना घाइते भएका छन भने चार
जनाको मृत्यु भएको छ। आज बिहान राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को
अण्यौलमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा
परेको हो ।
उक्त गाडी
अनियन्त्रित भई सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको हो जिल्ला प्रहरी कार्यालय
डोटीका प्रमुख एसपी विष्णुहरी कोइरालाले बताएका छन ।
- न्युज बहार संवाददाता