चैत २७, ललितपुरको बखुण्डोलमा रहेको निर्माणाधीन समिट होटल तथा अपार्टमेन्टका कारण शनिबार निर्माणाधीन भवनको वरपरका केही घर भासिएपछि प्रभावित व्यक्तिहरूको समस्या सम्बोधन गर्न तत्कालका लागि एक करोड रूपैयाँको उद्धार कोष स्थापना गरिने निर्णय छ।
सरोकारवालाहरूको ललितपुर महानगरपालिकामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
उक्त बैठकले समिटका तर्फबाट एक करोडको उद्धार कोष स्थापना गर्नेसहित १२ बुँदे निर्णय गरेको ललितपुर महानगरले जनाएको छ।
- न्युज बहार संवाददाता