असोज १३, काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गतक पर्ने धादिङ
झ्याप्लेखोलामा आएको पहिरोले बाटो बन्द भएपछी काठमाडौँ छिर्ने र बाहिरिने सवारी
साधनलाई वैकल्पिक मार्गबाट पठाउन थालिएको छ।
नागढुंगा
सुरूङमार्गबाट बिरामी बोकेका एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनलाई काठमाडौँ
पठाउन सुरु गरिएको हो ।
पिपलबोटलगायत
ठाउँबाट वैकल्पिक मार्ग हुँदै काठमाडौँदेखि बाहिरिएका सवारी साधनलाई बाहिर पठाइएको
छ।
एम्बुलेन्सलगायत
सवारी साधन धादिङको सिस्नेखोलादेखि काठमाडौँको बलम्बुस्थित सुरूङमार्गबाट पठाउन
थालिएको हो।
सडक विभागका सूचना अधिकारी
अमितकुमार शर्माका अनुसार सवारी जाम हुँदा अलपत्र परेका बिरामी र उद्धार गरिएका
घाइतेलाई सुरूङमार्गबाट काठमाडौँ पठाइएको हो।
- न्युज बहार संवाददाता