जेठ २, काठमाडौँ । रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम धमाधम भइरहेको र यसले गर्दा उपत्यकाको विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले
सुचना जारी गर्दै कुन स्थानमा कति गते विद्युत् आपूर्ति प्रभावित हुने जानकारी
दिएको छ ।
उक्त सुचनाका अनुसार सम्बन्धीत फिडरहरू अन्तर्गतका विभिन्न स्थानमा बिहान ११:०० बजेदेखि साँझ ०५:०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।

- न्युज बहार संवाददाता