बैशाख
२३, काठमाडौँ । आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत्
लाइन अवरुद्ध हुने जानकारी नेपाल विद्युत् प्राधिकरणले दिएको छ ।
कीर्तिपुर
वितरण केन्द्र, कुलेश्वर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू
अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएको विद्युत् सेवा प्रभावित हुने
प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यी तीन केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

- न्युज बहार संवाददाता