कार्तिक २१, काठमाडौँ । आज मध्यान्ह बाजुरामा भूकम्पको धक्का महशुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बाजुरालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको कम्पन महशुस भएको जनाएको छ।
आज मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा कम्पन महशुस भएको हो। बाजुरामा यसअघि पनि ४ म्याग्निच्युडभन्दा ठूला भूकम्पका धक्का गइरहेका थिए ।
- न्युज बहार संवाददाता