बैशाख
२५, पोखरा । पोखराको बेगनास तालमा एक जनाको शव भेटिएको छ। शव परराष्ट्र
मन्त्रालयका नायव सुब्बा ३१ वर्षीय अनुप भण्डारी को भएको खुलेको छ।
अनुप
पोखराको बेगनासतालमा सोमबार मृत भेटिएका छन् । आज सोमबार बिहान ८ बजे पानीमा
तैरिरहेको शव डुगाघाट भन्दा ४ सय मिटर टाढा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका
थिए । प्रहरीले घटनास्थल पुगी शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय
पत्रका आधारमा भण्डारीको पहिचन खुलेको जानकारी गराएको छ ।
- न्युज बहार संवाददाता